सरकार र चिकित्सक सङ्घबीच वार्ता जारी
काठमाडाैं | भदौ ३१, २०८०
तस्बिर फाइल
काठमाडौं: चिकित्सकमाथि कुटपिटको विषयमा सातबुँदे माग राखेर आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघ र सरकारबीच वार्ता भइरहेको छ ।
सरकारका तर्फबाट अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटासहित पाँच सदस्यीय टोली र संघका प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा वार्ता भइरहेको संघका महासचिव डा। सञ्जीव तिवारीले जानकारी दिए ।
संघले मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा भएको चिकित्सकमाथिको आक्रमणविरुद्ध दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गराएको छ ।
यही भदौ २७ गते सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वार्ता समिति गठन गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न आजै निर्देशन दिएका थिए।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

